११ साउन २०८३, सोमबार

भूकम्प प्रभावितलाई १ महिनाको तलब दिने कांग्रेस सांसद पौडेलको घोषणा​

कात्तिक १९, २०८०
काठमाडौं
भूकम्प प्रभावितलाई १ महिनाको तलब दिने कांग्रेस सांसद पौडेलको घोषणा​
फाइल फोटो

कांग्रेस सांसद प्रदीप पौडेलले एक महिनाको तलब जाजरकोटका भूकम्पपीडितलाई दिने घोषणा गरेका छन् ।

पौडेलले राहत र पुनर्स्थापना लागि सरकारी कोषमा संघीय सांसदको रुपमा प्राप्त हुने एक महिनाको तलब हस्तान्तरण गर्ने घोषणा गरेका हुन् ।

जाजरकोटको रामीडाँडालाई केन्द्र बनाएर गएको ६.४ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय क्षति पुर्‍याएको भन्दै पौडेलले दुःख व्यक्त गरेका छन् ।  

‘जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रवार राति ११ः४७ मा गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी जाजरकोट र रूकुम पश्चिममा निकै ठूलो मानवीय एवं भौतिक क्षति पुगेको खबरले अत्यन्तै दुखित् बनाएको छ । भूकम्पमा परी सयौं नागरिकले ज्यान गुमाएका र घाइते भएका छन्’ पौडेलले भनेका छन्, ‘यस्तो विपत्तिको समयमा भूकम्पले क्षति पुर्‍याएका ठाउँमा मानवीय उद्धारको कामलाई अझ तीव्र बनाउँन र पुनर्स्थापनाका लागि सरकारको कोषमा संघीय सांसदको रुपमा प्राप्त हुने एक महिनाको तलब हस्तान्तरण गर्ने घोषणा गर्दछु । साथै, राहत तथा सहयोगका लागि सहयोगी मन भएका सम्पूर्णमा हार्दिक अनुरोध समेत गर्दछु ।’ ​

भूकम्पमा परी ज्यान गुमाएका दिवंगतप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पौडेलले घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्