काठमाडौं, ९ असोज– निर्वाचन आयोगले प्रदेश सभा निर्वाचनका लागि सार्वजनिक गरेको राजनीतिक दल र रोलक्रममा ६७ नम्बरमा परेपछि पशुपति शमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
संसदीय दलका नेता दीपक बोहराको अध्यक्षतामा आज (सोमवार) बसेको पार्टी पदाधिकारी बैठकले पार्टीलाई आयोगले प्रदान गरेको स्थानमा असहमति राख्दै आयोगलाई ध्यानकर्षण गराउने निर्णय गरिएको प्रवक्ता राजेन्द्र गुरुङले जानकारी दिए ।
केहि पहिले कमल थापा नेतृत्वको राप्रपाबाट फुटेर राणाले नयाँ पार्टी गठन गरेका थिए । राणाको पार्टीमा १८ सांसद रहेको भनिएपनि स्थान भने ६७ औं नम्बर प्रदान गरिएको हो । सो पार्टीले गोलाकारभित्रको हलो चुनाव चिन्ह पाएको छ ।