२७ जेठ २०८३, बुधबार

झापामा १५ वर्षीया किशोरी बलात्कृत, एक जना पक्राउ

कात्तिक २४, २०८०
झापा
झापामा १५ वर्षीया किशोरी बलात्कृत, एक जना पक्राउ

झापामा १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा मेचिनगर नगरपालिका ७ सत्तिघट्टा बस्ने २१ वर्षीय अमित राजवंशी रहेका छन् । 

उनलाई बिहीवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

राजवंशीले ती किशोरीलाई सोही नगरपालिका ८ मा रहेको चिया बगानमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्