२२ असार २०८३, सोमबार

उपराष्ट्रपति यादवले एक महिनाको तलब भूकम्प पीडितलाई दिने

कात्तिक २४, २०८०
काठमाडौं
उपराष्ट्रपति यादवले एक महिनाको तलब भूकम्प पीडितलाई दिने
फाइल फोटो

उपराष्ट्रपति रामसहायप्रसाद यादवले आफ्नो एक महिनाको पारिश्रमिक बराबरको रकम भूकम्प पीडितका लागि दिने भएका छन् । 

उपराष्ट्रपति यादवले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितको सहयोगार्थ एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने घोषणा गरेका हुन् ।​

त्यसैगरी, उनको स्वकीय सचिवालयमा कार्यरत विज्ञ (सल्लाहकार)हरूबाट १५ दिनको पारिश्रमिक, प्रमुख स्वकीय सचिव र सहायक स्वकीय सचिव वा सोसरहको कर्मचारीबाट सात दिन, स्वकीय उपसचिव र अधिकृत वा सोसरहको कर्मचारीबाट पाँच दिन र राजपत्राङ्कित वा सोसरहको कर्मचारीबाट तीन दिनको पारिश्रमिक बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्