
ग्यालेक्सी एस २३ सिरिजको अपार सफलतापश्चात् सामसङ्ग नेपालले सर्वाधिक प्रतीक्षा गरिएको विशेष फ्यान एडिसन– नयाँ ग्यालेक्सी एस २३ एफ इ बजारमा ल्याउने सम्पूर्ण तयारी पूरा गरेको छ ।
ग्यालेक्सी एस २३ सिरिज विश्वव्यापी रुपमा नै लोकप्रिय भइ उपभोक्ताहरूको सबै ध्यान आफूमा केन्द्रित गर्न सफल भएको छ ।
ग्यालेक्सीका प्रशन्सकहरूले देखाएको अभिरुची र प्रेरणाबाट उत्साहित हुँदै सामसङ्ग इलेक्ट्रोनिक्सले आफ्नो एस२३ सिरिजका फोनहरूको विशेषताहरूलाई कायम राख्दै अत्यन्त सुलभ मूल्य दरको नयाँ ग्यालेक्सी एस २३ एफ इ विश्व बजारमा ल्याइसकेको छ ।
ग्यालेक्सी एस २३ एफ इ, एस २३ सिरिजकै एक्स्टेन्सन हो, जसमा ग्यालेक्सीका प्रशंसकहरूले मनपराएका मुख्य विशेषताहरूलाई सुलभ मूल्यमा साथ एउटा एपिक स्मार्टफोनमा समाविष्ट गरिएको छ ।
फ्लाग्शिप मोबाइलको अनुभव लिन वा आफ्नो मोबाइललाई अपग्रेड गर्न चाहने ग्राहकहरूका लागि यो नयाँ एफ इ अत्यन्तै उपयुक्त हुनेछ ।
नयाँ एस२३ एफ इ मा भएको सर्वोत्कृष्ट कार्य क्षमताहरूले ग्यालेक्सी प्रयोगकर्ताहरूलाई उनीहरूको क्रिएटिभिटि र प्रडक्टिभिटि अझ बढाउन मद्दत गर्नेछ ।
ग्यालेक्सी एस२३ एफ इ आउँदो डिसेम्बरमा नेपाली बजारमा प्रवेश गरेर तहल्का मच्चाउन तम्तयार रहेको छ । यो मोबाइलको प्री–अर्डर देशभरका सामसङ्ग स्टोरहरूबाट नोभेम्बरको अन्तिम साताबाट खुला हुने अपेक्षा गरिएको छ ।