०७ साउन २०८३, बिहीबार

मोरङको उर्लाबारीमा आगलागी, प्रहरीसहित २२ जना घाइते

कात्तिक २७, २०८०
विराटनगर
मोरङको उर्लाबारीमा आगलागी, प्रहरीसहित २२ जना घाइते
प्रतीकात्मक तस्वीर ।

मोरङको उर्लाबारी नगरपालिका– ७ मा रहेको एक सुन पसलमा आगलागी हुँदा कम्तीमा २२ जना मानिस घाइते भएका छन् ।

दीपक कार्कीको घरमा सञ्चालित सुन पसलमा आइतवार राति आगलागी हुँदा उनीहरू घाइते भएका हुन् ।

लक्ष्मीपूजा गर्दा सल्किएको आगो निभाउन जाने क्रममा प्रहरी र स्थानीयसहित २२ जना घाइते भएको मोरङ प्रहरीले जनाएको छ ।

जसमा उर्लावारीमै कार्यरत ४ जना प्रहरी छन् ।

घाइतेहरूमध्ये १० जनाको झापाको बिर्तामोडमा उपचारका लागि पठाइएको छ । यस्तै ९ जनाको विराटनगर, २ जनाको उर्लाबारीकै गोदावारी तथा १ जनाको अरनिको अस्पतालमा उपचार भइरहेको छ । 

सुन पसलभित्र आगलागी भएपछि सटर खोल्दा आगोको मुस्लोले लागेर उनीहरू घाइते भएको स्थानीयले बताएका छन् ।

करिब ३ घन्टापछि मध्यरात १२ बजे आगलागी नियन्त्रणमा आएको थियो  ।
 

salt training

कमेन्ट गर्नुहोस्