२८ जेठ २०८३, बिहीबार

विश्वकप सेमिफाइनल : अस्ट्रेलिया हावी भएको खेल वर्षाले अवरुद्ध

कात्तिक ३०, २०८०
काठमाडौं
विश्वकप सेमिफाइनल : अस्ट्रेलिया हावी भएको खेल वर्षाले अवरुद्ध

आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको सेमिफाइनल खेल वर्षाले प्रभावित भएको छ ।

भारतको कोलकत्तास्थित इडेन गार्डेन मैदानमा जारी खेल १४ ओभरमा वर्षाका कारण अवरुद्ध भएको हो । खेल रोकिनु अघिसम्म दक्षिण अफ्रिकाले ४ विकेट गुमाएर ४४ रन जोडेको छ ।

अस्ट्रेलियाका लागि मिचेल स्टार्क र जोस हेजाल्वुडले २-२ विकेट लिएका छन् ।

क्रिजमा हेनरिक क्लासिन र डेभिड मिलर १०-१० रन बनाएर खेलिरहेका छन् ।

वर्षाका कारण आज सम्पन्न हुन नसकेमा खेल 'रिजर्भ डे'मा धकेलिने छ ।

यस खेलको विजेताले फाइनलमा भारतको सामना गर्नेछ ।

भारत सेमिफाइनलमा न्युजिल्यान्डलाई पराजित गरेर फाइनलमा पुगेको हो । फाइनल खेल आइतबार हुनेछ ।
 

salt training

कमेन्ट गर्नुहोस्