
जुवातास तथा लङ्गुरबुर्जा खेलेको आरोपमा १६५ जना पक्राउ परेका हुन् ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
कार्यालयले बिहीवार एक विज्ञप्ति जारी गर्दै यही कात्तिक ११ गतेदेखि ३० गते बिहान ९ बजेसम्म जुवातास तथा लङ्गुरबुर्जा खेल्ने १६५ सहित अन्य विभिन्न घटनामा संलग्न रहेको आरोपमा करिब ३०० जनालाई पक्राउ गरिएको जानकारी दिएको हो ।
कार्यालयले दिएको जानकारी अनुसार काठमाडौंका १२, ललितपुरका २ र भक्तपुरका २ स्थानबाट उनीहरू पक्राउ परेका हुन् । उक्त स्थानबाट ६९ बुक तास, चेक २० हजार र नगद २१ लाख एकहत्तर हजार ३ सय ३५ रुपैयाँ बरामद भएको छ ।
यस्तै कौडा खेल्ने कार्यमा संलग्न ३२ जना पक्राउ परेका छन् ।
काठमाडौं र ललितपुरका १/१ स्थानबाट पक्राउ परेका उनीहरूको साथबाट १२ लाख ९१ लाख ५ सय ५० रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।