०४ असार २०८३, बिहीबार

अन्तर्राष्ट्रिय खगोल ओलम्पियाडमा नेपाललाई कास्यपदक

कात्तिक ३०, २०८०
काठमाडौं
अन्तर्राष्ट्रिय खगोल ओलम्पियाडमा नेपाललाई कास्यपदक

कात्तिक २० देखि २८ गतेसम्म चीनको राजधानी बेइजिङमा भएको २७औँ अन्तर्राष्ट्रिय खगोल ओलम्पियाडमा नेपालले कास्यपदक जितेको छ । प्रतियोगितामा दृशान्तकुमार महर्जनले नेपालका लागि कास्यपदक दिलाएको नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताए । 
    
सोसाइटी सन् २०१८ देखि अन्तर्राष्ट्रिय खगोल ओलम्पियाडमा सहभागी हुँदै आएको छ । नेपालले यसअघि सन् २०१९ मा पनि ओलम्पियाडमा कास्यपदक जितेको थियो । सन् २०१४ देखि सुरु राष्ट्रिय एष्ट्रोनोमी ओलिम्पियाडबाट जीत हासिल गरेका विद्यार्थीले हरेक वर्ष विभिन्न अन्तर्राष्ट्रिय ओलम्पियाडमा भाग लिँदै आएका छन् । 
   
नेपालले सन् २०१४ देखि अन्तर्राष्ट्रिय खगोल तथा खगोल भौतिक विज्ञान ओलम्पियाडमा भाग लिँदै आएको छ । सोअन्तर्गत हालसम्म विद्यार्थीले नेपालका लागि १२ सम्मानार्थ पदक र दुई कास्यपदक हात पारेको छ । सन् २०२२ मा स्थापित अन्तर्राष्ट्रिय खगोल तथा खगोल भौतिक विज्ञान ओलम्पियाड–जुनियरमा हालसम्म नेपाली विद्यार्थीले तीन सम्मानार्थ पदक प्राप्त गरेको उनले बताए ।  

राष्ट्रिय एष्ट्रोनोमी ओलिम्पियाड एक प्रारम्भिक प्रतिभा पहिचान शैक्षिक प्रतियोगता हो । यस प्रतियोगितामा सामेल भई उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि सिफारिस गरिँदै आएको सोसाइटीले जनाएको छ । 

    सन् २०१४ देखि सञ्चालन गरिएको यस प्रतियोगिताबाट तीन हजारभन्दा बढी विद्यार्थीले आफ्नो प्रतिभा प्रस्तुत गरिसकेका छन् । यस कार्यक्रमले उत्कृष्ट ठहराएका विद्यार्थी देश तथा विदेशमा रहेका उत्कृष्ट विश्वविद्यालयमा अध्ययन गर्ने अवसर पाएका छन् । 
     

salt training

कमेन्ट गर्नुहोस्