
टिकटक प्रतिबन्धविरूद्ध सर्वोच्च अदालतमा आठवटा रिट दर्ता भएका छन् । टिकटक बन्द गर्ने सरकारको कदमविरुद्ध शुक्रबार दिउँसोसम्म आठ वटा रिट दर्ता भएको सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले लोकान्तरलाई जानकारी दिए ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता स्वागत नेपाल, डा. सुनिलरन्जन सिंहगायतले सर्वोच्चमा रिट दायर गरेका हुन् । डा. सिंहले मंसिर ४ गते रिटको पेशी तोकिएको बताए ।
टिकटक बन्द गर्ने सरकारको निर्णय खारेजीको माग गरिएको रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइएको छ ।
सामाजिक सद्भाव बिग्रिन थालेको भन्दै सरकारले कात्तिक २७ गते टिकटक प्रतिबन्ध गर्ने निर्णय गरेको थियो ।