२७ जेठ २०८३, बुधबार

प्रधानमन्त्रीले लिए तीन वटै सुरक्षा निकायका प्रमुखसँग ब्रिफिङ

मंसिर १, २०८०
काठमाडौं
प्रधानमन्त्रीले लिए तीन वटै सुरक्षा निकायका प्रमुखसँग ब्रिफिङ
फाइल फोटो

​प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ३ वटा सुरक्षा निकायका प्रमुखसँग ब्रिफिङ लिएका छन् । 

प्रधानमन्त्रीले आज बिहान यही कात्तिक ७ गते दुर्गा प्रसाईंले गर्न लागेको आन्दोलन र नेकपा एमालेको भ्रातृ संगठन युवा संघले गर्न लागेको आन्दोलनका विषयमा ब्रिफिङ लिएको हुन् ।

‘७ गते दुई समूहको आन्दोलनमा हुने सुरक्षा थ्रेटका विषयमा ब्रिफिङ लिनु भएको हो,’ प्रधानमन्त्री सचिवालयका एक अधिकारीले लोकान्तरसँग भने ।

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) राजु अर्याल र राष्ट्रिय अनुसन्धानका प्रमुख हुतराज थापासँग प्रधानमन्त्रीले ब्रिफिङ लिएका हुन् । 

 ३ वटै सुरक्षा निकायका प्रमुखले अहिले अवस्थाको बारेमा जानाकारी गराएका थिए ।

साथै दुई समूहको आन्दोलनमा झडप हुनसक्ने भएकाले त्यसलाई नियन्त्रण गर्न संयन्त्र परिचालन गरिएको बताएको ती अधिकारीले लोकान्तरलाई बताए ।

salt training

कमेन्ट गर्नुहोस्