२१ जेठ २०८३, बिहीबार

फरार अभियुक्त तीस वर्षपछि पक्राउ

मंसिर १, २०८०
कञ्चनपुर
फरार अभियुक्त तीस वर्षपछि पक्राउ

तीस वर्षदेखि फरार रहेका अभियुक्त आज कञ्चनपुरको दोधारा चादँनीबाट पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार फरार रहेका अभियुक्त धनबहादुर सुनारलाई विसं २०५० फागुन १५ गते जिल्ला अदालत कञ्चनपुरले कुटपिट मुद्दामा छ महिना कैद र रु दुई हजार जरिवानाको फैसला सुनाएको थियो । कञ्चनपुर प्रहरीले सुनारलाई पक्राउ गरी कैद सजाय भुक्तानका लागि अदालतमा पेश गरी अदालतले शुक्रबार नै कारागार चलान गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्