२६ असार २०८३, शुक्रबार

अख्तियारद्वारा विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन मुद्दा दर्ता

मंसिर ४, २०८०
काठमाडौं
अख्तियारद्वारा विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन मुद्दा दर्ता
फाइल फोटो

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन मुद्दा दर्ता गरेको छ ।

काभ्रेपलाञ्चोकको हिमालय माध्यमिक विद्यालयमा भएको भ्रष्टाचार मुद्दामा विशेषले गरेको फैसला चित्त नबुझी सोमवार सर्वोच्चमा पुनरावेदन मुद्दा दर्ता गरिएका आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता भोला दाहालका अनुसार आयोगले हिमालय माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छेवाङ लामा, विद्यालयका प्रधानाध्यापक बोधनाथ उप्रेती र रोशी गाउँपालिकाका इन्जिनियर निर्मल लामा स्याङतानविरुद्ध ७ लाख ८४ हजार ४४६ रुपैयाँको भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

तर विशेष अदालतले उनीहरूलाई आंशिक दोषी ठहर गर्दै अभियोगमा गरिएको मागदाबीभन्दा फरक र न्यून बिगो कायम गरी सजाय सुनाएको थियो ।

विशेष अदालतको फैसला आयोगलाई चित्त नबुझी सर्वोच्चमा पुनरावेदन मुद्दा दर्ता गरिएको आयोगले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्