३२ असार २०८३, बिहीबार

दुर्गा प्रसाईं नेतृत्वको अभियानलाई बल्खुमा कार्यक्रम गर्न दिने प्रशासनको निर्णय

मंसिर ५, २०८०
काठमाडौं
दुर्गा प्रसाईं नेतृत्वको अभियानलाई बल्खुमा कार्यक्रम गर्न दिने प्रशासनको निर्णय
फाइल फोटो

जिल्ला प्रशासन कार्यालय काठमाडौंले दुर्गा प्रसाईं नेतृत्वको अभियानले गर्न लागेको प्रदर्शनको कार्यक्रम स्थल बल्खुमा निर्धारण गरेको छ ।

यही मंसिर ७ गते मेडिकल व्यवसायी प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ले काठमाडौंमा प्रदर्शन गर्दैछ ।

प्रसाईंलाई बल्खुमा प्रदर्शन गर्न दिने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिए ।

यसअघि प्रसाईं नेतृत्वको अभियान र युवा संघ दुवै पक्षले माइतीघरमा कार्यक्रम गर्ने तय भएको थियो । 

माइतीघरलाई प्रशासनले निषेधित क्षेत्र घोषणा गरेपछि उनीहरूको कार्यक्रम फरक फरक स्थानमा हुने भएको हो । 

माइतीघर निषेधित क्षेत्र घोषणा भएपछि युवा संघले काठमाडौंको तीनकुनेमा कार्यक्रम गर्ने घोषणा गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्