१६ असार २०८३, मंगलबार

ठमेलको क्लबमा ‘दुई कदम’को गीत छायांकन, नव–अभिनेतासँग यसरी नाचिन् वर्षा [तस्वीरहरू]

मंसिर ५, २०८०
काठमाडौं
ठमेलको क्लबमा ‘दुई कदम’को गीत छायांकन, नव–अभिनेतासँग यसरी नाचिन् वर्षा [तस्वीरहरू]

यही मंसिर २९ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘दुई कदम’को एक गीतको छायाँकन महँगो खर्च गरेर काठमाडौंको एक क्लबमा गरिएको छ । ​ठमेलस्थित ‘टेन एक्स’ क्लबमा ‘ए मेरा बाबै नी...’ बोलको गीतको छायांकन गरिएको हो ।

सोमवार र मंगलवार दुई दिन लगाएर छायांकन गरिएको गीतको भिडियोमा चलचित्रका कलाकार नव अभिनेता इओन लिम्बु र अभिनेत्री वर्षा शिवाकोटीले नृत्य गरेका छन् । वर्षा चलचित्रको यही गीतमा मात्र देखिन लागेकी हुन् । यी दुईसँगै कोरस र दर्शकदीर्घा गरेर ६० जना बढीलाई भिडियोमा प्रस्तुत गरिएको छ । 

भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् । गीतका छायांकार सौरभ लामा हुन् । 

यो गीतमा आशिष अविरल र निरुषा भट्टराईको स्वर छ । निरुषाको शब्द रहेको गीतमा आशिषको संगीत एवं संगीत संयोजन छ ।

यो गीतका लागि मात्र १६ लाख रूपैयाँ खर्च भएको निर्माण पक्षले जनाएको छ । 

उदय सुब्बा निर्देशित ‘दुई कदम’ इओनसँगै सिमोन गिरी, सुनील थापा, कविता आले, सुरवीर पण्डित, प्रेम सुब्बा, गौरव पहारी, बुद्धि तामाङ, अर्जुन गुरुङ, विमला लिम्बु, जिवन लिम्बु, चन्दा दाहाल, प्रितिका शर्मा लगायतको अभिनय छ ।

अजम्बरी फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्रमा तारा देवी लिम्बुको लगानी छ । 

दयाराम घिमिरेको कथा तथा पटकथा लेखन, विक्रम डिसीको छायांकन, ताराप्रकाश लिम्बु र विकास चौधरीको संगीत रहेको चलचित्रमा डिपी खनालको गीत लेखन, राजु किराँतीको द्वन्द्व निर्देशन, रामजी लामिछानेको कोरियोग्राफी र प्रविन ढकालको सम्पादन छ ।

चलचित्रलाई रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्दैछन् ।

तस्वीरहरू : विश्वास खनाल/लोकान्तर डटकम

salt training

कमेन्ट गर्नुहोस्