०७ साउन २०८३, बिहीबार

भारतसँग सीमा जोडिएका ४ जिल्लाका नाकामा कडाइ

मंसिर ७, २०८०
विराटनगर
भारतसँग सीमा जोडिएका ४ जिल्लाका नाकामा कडाइ
तस्वीर : जोगवनी नाका

भारतसँग सीमा जोडिएका ४ जिल्लाका नाकामा कडाइ गरिएको छ।

झापा, मोरङ, सुनसरी र इलाम जिल्लाका नाकाहरूमा कडाइ गरिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

दुर्गा प्रसाईंको कार्यक्रममा भारतबाट समेत सहभागी आउने सुरक्षा निकायको विश्लेषणका आधारमा प्रहरीले नेपाल प्रवेशमा कडाइ गरेको हो ।

प्रहरीका अनुसार भारतबाट नेपाल छिर्नेहरूले परिचय देखाएपछि मात्रै  प्रवेश दिने गरिएको छ ।​

null

मुस्लिम समुदायका नागरिकहरू सभाका लागि भन्दै आउने गरेकाले कडाइ गरिएको जोगवनी नाकामा खटिएका एक सुरक्षा अधिकारीले बताए ।

नाकामा वरिष्ठ सइ र असइको नेतृत्वमा प्रहरी परिचालन गरिएको कोशी प्रदेश प्रहरीका सूचना अधिकारी ऋषिराम कँडेलले बताए ।

साधुहरूलाई समेत नेपाल प्रवेशमा कडाइ गरिएको छ ।

null

salt training

कमेन्ट गर्नुहोस्