
सरकारी छाप दस्तखत किर्तेसम्बन्धी कसूरमा संलग्न रहेका ५ जना मोरङबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा रतुवामाई नगरपालिका ४ बस्ने ६५ वर्षीय चेतनलाल राजवंशी, ६२ वर्षीया झरिया देवी राजवंशी, ६३ वर्षीय विष्णु राजवंशी, ६३ वर्षीय पैखन लाल राजवंशी र ६४ वर्षीय कन्हारुलाल केवरत रहेका छन् ।
सरकारी छाप दस्तखत किर्तेसम्बन्धी कसूर मुद्दाको अनुसन्धानको सिलसिलामा गत कात्तिक २ गतेदेखि फरार रहेका उनीहरूलाई प्रहरीले आ–आफ्नै घरबाट प्रहरीले पक्राउ गरेको हो ।