२९ असार २०८३, सोमबार

युद्धविरामको दोस्रो दिन: हमासले १७ बन्धक र इजराइलले ३९ कैदी छोड्यो

मंसिर १०, २०८०
काठमाडौं
युद्धविरामको दोस्रो दिन: हमासले १७ बन्धक र इजराइलले ३९ कैदी छोड्यो

गाजामा युद्धविराम भएको दोस्रो दिन अतिवादी समूह हमासले १७ बन्धक रिहा गरेको छ। शनिबार हमासले १३ इजराइली र ५ थाइ बन्धकलाई मुक्त गरेको हो।

बदलामा इजराइलले ३९ प्यालेस्टिनियन नागरिकलाई कैदमुक्त गरेको सीएनएनले जनाएको छ । इजराइली डिफेन्स फोर्सले एक विज्ञप्ति जारी गर्दै हमासले १७ बन्धक रिहा गरेको पुष्टि गरेको छ। उनीहरूलाई रेडक्रसले इसराइल पुर्‍याई अस्पताल लगेको छ।

युद्धविरामको पहिलो दिन हमासले २४ बन्धक र इजराइलले ३९ प्यालेस्टिनियन कैदीबन्दी रिहा गरेको थियो।

योसँगै हमासले मुक्त गरेको बन्धकको संख्या ४१ पुगेको छ भने ७८ प्यालेस्टिनियन कैदीबन्दी इजराइलको जेलबाट मुक्त भएका छन्।

इजराइल र हमासबीच पहिलो चरणमा ५० जना बन्धक र १५० जना कैदी छाड्ने सहमति भएको थियो। 

salt training

कमेन्ट गर्नुहोस्