०४ साउन २०८३, सोमबार

प्रचण्ड-देउवाको ठाउँमा रवि आए पनि देशको समस्या समाधान हुँदैन, खोट अन्तै छ : विप्लव

मंसिर १०, २०८०
काठमाडौं
प्रचण्ड-देउवाको ठाउँमा रवि आए पनि देशको समस्या समाधान हुँदैन, खोट अन्तै छ : विप्लव
फाइल फोटो

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले अहिलेको व्यवस्थाबाटै अवस्था परिवर्तन गर्ने भन्ने नयाँ दलको धारणा गलत भएको बताएका छन् ।​

व्यवस्थामै त्रुटी रहेकोले रवि लामिछाने सरकारको नेतृत्वमा आए पनि अहिलेको समस्या समाधान नहुने उनको तर्क छ ।

रोल्पाको माडी गाउँपालिकाको घर्ती गाउँमा आइतवार आयोजित कार्यक्रममा विप्लवले अहिलेकै व्यवस्थाबाट जनताको अवस्था परिवर्तन गर्ने भन्ने कुरा जनतालाई फेरि अँध्यारो सुरुङमा राख्न खोजेजस्तै हुने बताएका हुन् । ‘व्यवस्थामै त्रुटी छ, शेरबहादुर देउवा, केपी शर्मा ओली या प्रचण्डलाई उछिट्याएर रविजी आएर समाधान हुँदैन’ विप्लवले भने, ‘व्यवस्था ठीक छ, अवस्था परिवर्तन गर्ने कुरा फेरि जनतालाई अँध्यारोमा राख्ने काम हो ।’ 

अहिलेको शासन प्रणाली, न्यायप्रणाली, बैंकिङ प्रणाली कायम राखेर जनताको अपेक्षा सम्बोधन गर्न नसकिने उनले दाबी गरे । ‘प्रधानमन्त्री प्रचण्डसँग कुरा गरेको, पञ्चायतका कानून ज्यूँ का त्यू छ, १९ सालको कानून अनुसार काम गर्नु परेको छ, कसरी गर्ने भन्नुभयो’ विप्लवले भने, ‘पुरानो कानूनले काम गर्न दिएन भने पुरानो कानून र व्यवस्थालाई बढारौं न भनेर हामीले भनिरहेका छौं ।’

विप्लवले हण्डर ठक्कर खाएर दुर्गा प्रसाईं राजतन्त्रको नारा लिएर सडकमा आए पनि त्यो एजेन्डा अब असान्दर्भिक भइसकेको बताए । ‘नेपाली जनतालाई झोक चलेको भरमा कोही दुर्गा प्रसाईंसँग हिँडे पनि नेपालमा फेरि राजतन्त्र फर्किने कुरा सम्भव होइन, नेपाली जनताले चाहेको समाधान त्यो होइन’ उनले भने । 

salt training

कमेन्ट गर्नुहोस्