
बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको बैठकलाई गुणात्मक एवम् समयसापेक्ष विधेयकहरु पारित गर्ने क्रममा संसदीय समितिका कर्मचारीहरुको दक्षता, कार्यसम्पादन र सीपलाई ऊर्जाशील बनाउन जरुरी भएको बताएका छन् ।
सभामुख पाठकले बागमती प्रदेशसभा सचिवालयद्वारा आज थाहा नगरपालिकाको चित्लाङमा आयोजित संसदीय समितिको विधेयक प्रतिवेदन तयार पार्ने क्रममा अभिमुखीकरणसम्बन्धी दुईदिने प्रशिक्षण कार्यक्रमको शुभारम्भ गरे । उनले संसद्को विभिन्न संसदीय समितिमा आउने विधेयकलाई प्रतिवेदन लेखनकलालाई अझ परिपक्व र जवाफदेही र कार्यक्षमतालाई अब परिवर्तन गर्नुपर्ने सोच राख्नुपर्नेतर्फ जोड दिए ।
उक्त अवसरमा प्रदेशसभाका प्रमुख सचिव कृष्णहरि खड्काले सचिवालयका कर्मचारीलाई संसदीय प्रतिवेदन लेखनलाई अझ प्रभावकारी बनाउन प्रशिक्षण आवश्यक भएको बताए । ।
पूर्वकानुन सचिव ध्रुव घिमिरे र सङ्घीय संसद् सचिवालयका सहसचिव बबिता मिश्रले विधेयकको कानुनी भाषाका विविध पक्षबारे जानकारी दिएका थिए ।