२१ जेठ २०८३, बिहीबार

१३ वटा अस्पतालका अध्यक्ष हटाउने लुम्बिनी सरकारको निर्णयविरुद्व सर्वोच्चमा रिट

मंसिर १२, २०८०
बुटवल
१३ वटा अस्पतालका अध्यक्ष हटाउने लुम्बिनी सरकारको निर्णयविरुद्व सर्वोच्चमा रिट

लुम्बिनी प्रदेश सरकारको निर्णयविरुद्ध सोमवार सर्वोच्च अदालतमा रिट परेको छ । प्रदेश मातहतका १३ वटा अस्पताल विकास समितिका अध्यक्षहरूले आफूहरूलाई कानूनविपरित हटाएर अन्यलाई नयाँ नियुक्ति दिएको भन्दै सर्वोच्चमा रिट निवेदन दायर गरेका हुन् । 

लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलका पूर्वअध्यक्ष अजयमान श्रेष्ठले सरकारले गरेको उक्त निर्णयले पूर्व अध्यक्षहरूमाथि अन्याय गरिएकाले निर्णय बदरका लागि सर्वोच्चमा रिट दायर गरिएको जानकारी दिए । नेकपा (एमाले) नेतृत्वको सरकारले नियुक्त गरेका अध्यक्षहरूलाई गत कार्तिक १ गते प्रदेश मन्त्रिपरिषद् बैठकले हटाएर नयाँ नयुक्त गरेको थियो । 

राजनीति प्रतिशोध साँधेर आफूहरूलाई नियमविपरीत हटाएको अध्यक्षहरूले आरोप लगाएका छन् । कुनै पनि जानकारी नदिई आफूहरूलाई पदमुक्त गरिएको उनीहरूको भनाइ छ । 

तीन वर्षका लागि नियुक्त गरिए पनि ६ महिनाभित्रै आफूहरूलाई गैरकानूनी रुपमा हटाइएको राप्ती प्रादेशिक अस्पताल, दाङका पूर्वअध्यक्ष पदम न्यौपानेले बताए । रिटमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, स्वास्थ्यमन्त्री राजु खनाल र अर्थमन्त्री धनबहादुर मास्कीसहित नवनियुक्त अध्यक्षहरूलाई रिटमा विपक्षी बनाइएको छ । 

भागबन्डा गरेर सरकारमा सहभागी सत्तारूढ दलले अस्पताल विकास समितिको अध्यक्ष नियुक्त गरेका थिए ।  ६ वटामा नेपाली कांग्रेस, चार वटामा माओवादी केन्द्र र अन्य तीनवटा साना दलनिकट व्यक्तिहरू रहेका छन् । राजनीतिक नियुक्तिहरू छिटोछिटो परिवर्तन हुँदा अस्पतालको विकासका काम अघि बढन नसकेका नजनगुनासो छ । 

लुम्बिनीका १३ वटा अस्पताल प्रदेश सरकार मातहत रहेका छन् ।

null 

salt training

कमेन्ट गर्नुहोस्