०८ असार २०८३, सोमबार

इलाका प्रहरी कार्यालय मैनापोखर बर्दियाका सई ३० हजार घुससहित पक्राउ

मंसिर १२, २०८०
काठमाडौं
इलाका प्रहरी कार्यालय मैनापोखर बर्दियाका सई ३० हजार घुससहित पक्राउ
फाइल फोटो

इलाका प्रहरी कार्यालय मैनापोखर बर्दियाका प्रहरी नायब निरीक्षक (सई) ३० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल सम्पर्क कार्यालय नेपालगन्जबाट खटिएको टोलीले उनलाई मंगलवार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बढैयाताल गाउँपालिका वडा नम्बर ६ मैनापोखरस्थित मैनापोखरमा कार्यरत सई पवन साउद रहेका छन् । 

लागुऔषधको मुद्दा मिलाइदिने कार्यमा सहजीकरण गरिदिने भन्दै साउदले सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा खटिएको आयोगको टोलीले उनलाई पक्राउ गरेको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

सई साउद सेवाग्राहीबाट लिएको ३० हजार रुपैयाँसहित पक्राउ परेका हुन् । 

थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्