
झापामा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा कचनकवल गाउँपालिका ३ बस्ने २० वर्षीय मिलन माझी रहेका छन् । उनलाई प्रहरीले सोमवार राति पक्राउ गरेको हो ।
ती बालिकालाई माझीले गत बिहीवारदेखि आफ्नै कोठामा पटक–पटक जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।