३१ असार २०८३, बुधबार

चार प्रदेशमा हल्का वर्षाको सम्भावना, यी क्षेत्रमा हिमपात हुने

मंसिर १३, २०८०
काठमाडौं
चार प्रदेशमा हल्का वर्षाको सम्भावना, यी क्षेत्रमा हिमपात हुने
फाइल तस्वीर

हाल देशको कोशी प्रदेशलगायत पहाडी भू-भागको मौसम आंशिकदेखि सामान्य बदली रहेको छ । आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । यस्तै, देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राति गण्डकी र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

हाल देशमा पश्चिमी वायुको साथै भारतको राजस्थान आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्