२८ जेठ २०८३, बिहीबार
सुत्केरीको मृत्यु घटना

आम्दामा चिकित्सकमाथि आक्रमण प्रकरणः कारबाहीको माग गर्दै डाक्टरहरू आन्दोलनमा

मंसिर १४, २०८०
बुटवल
आम्दामा चिकित्सकमाथि आक्रमण प्रकरणः कारबाहीको माग गर्दै डाक्टरहरू आन्दोलनमा

बुटवलको सिद्धार्थ महिला तथा बाल अस्पताल (आम्दा)का चिकित्सकमाथि भएको आक्रमणको बिरोधमा डाक्टरहरू आन्दोलित भएका छन् । नेपाल चिकित्सक संघ, लुम्बिनी प्रदेशसहितका स्वास्थ्यकर्मीहरूले सुरक्षाको माग गर्दै इलाका प्रहरी कार्यालय, बुटवलमा बिहीबार धर्ना दिए ।

सुत्केरीको उपचारको क्रममा मृत्यु भएपछि बुधवार आम्दा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र बस्याललाई आक्रमण गरेर ‘गम्भीर’ घाइते बनाएपछि डक्टरहरूले आक्रमण गर्नेलाई कारबाही माग गर्दै आन्दोलन थालेका हुन् । 

संघका सचिव डा सन्तोष पोखरेलले बुधवार बसेको बैठकमा हातपात भएको चिकित्सकको विषयमा कुनै कुरा नउठेको भन्दै सार्वजनिक अवराधअन्तर्गत कारबाहीका लागि मुद्दा दर्ता गर्न लागेको बताए ।

पक्राउ परेका सातजना उपर किटानी जाहेरीसहित निवेदन दर्ता प्रक्रियामा रहेको उनले बताए । प्रहरीबाट आवश्यक प्रक्रिया अघि बढाउने कुरामा सहमति भएको र चिकित्सकको घाउचोट सुधार हुन लागेको उनले जानकारी दिए । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले संवेदशील घटना घटेको भन्दै यसबारे कानूनबमोजिम कारबाही अघि बढ्ने बताए ।

निजी अस्पताल ब्यवसायी संघ (अफिन), लुम्बिनी प्रदेश अध्यक्ष रामप्रसाद खरेलले चिकित्सकहरू उपचार गर्दा समेत पिटिनुपर्ने अवस्था आउनु दुःखद भएको बताए । यस्तो विकृति रोक्नेतर्फ सरकारको ध्यान जानुपर्ने भन्दै उनले आम नागरिकले सहज उपचारको व्यवस्थामा ध्यान पनि दिनुपर्ने बताए ।

सोमवार भर्ना भएकी गुल्मीको सत्यवती गाउँपालिका–२ ठूलोलुम्पेककी ३२ वर्षीया भवानी रासकोटीको मंगलवार बिहान मृत्यु भएको थियो । उनले अस्पतालमै शल्यक्रियामार्फत करिब ५ किलोको बच्चा जन्माएकी थिइन् । उनको सोमबार नै शल्यक्रिया गरेर बच्चा जन्माइएको थियो । बच्चा भने सकुशल छन् । 

सुत्केरीको मृत्यु भएपछि अस्पताल प्रशासनले मृत्युको कारणबारे उनका आफन्तलाई जानकारी गराएको थियो । मंगलवार बिहान सुत्केरी महिला बेडबाट उठ्न खोजेपछि ‘पल्मनरी इम्बोलिजम’का कारण अचानक मृत्यु भएको अस्पतालको दाबी छ । 
 

salt training

कमेन्ट गर्नुहोस्