२४ जेठ २०८३, आइतबार

अहिलेको व्यवस्थाविरुद्ध वितृष्णा फैलाउनेबाट सचेत हुनुपर्छ : केपी ओली

मंसिर १७, २०८०
काठमाडौं
अहिलेको व्यवस्थाविरुद्ध वितृष्णा फैलाउनेबाट सचेत हुनुपर्छ : केपी ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान व्यवस्थाविरुद्ध वितृष्णा फैलाउनेहरूबाट सचेत हुनुपर्ने बताएका छन्।​

समृद्धिका लागि सङ्कल्प यात्रामा निस्केका ओलीले आज दैलेखको राकममा आयोजित सभालाई सम्बोधन गर्दै गणतन्त्रलाई उल्टाउने कुरा गर्नेको कुचेष्टा सफल नहुने बताएका हुन् । ‘आज कोही प्रतिगमनतिर फर्कने कुरा गर्दै छ भने त्यो देशद्रोही हो । त्यो लोकतन्त्र विरोधी हो’ उनले भने, ‘त्यो जनतालाई गरिब राख्न खोज्ने कुरा हो ।’

लोकतन्त्रको विरोधमा बोल्ने र त्यसबारे सोच्ने व्यक्ति नेपाल र नेपालीको हितको पक्षमा नरहेको ओलीको भनाइ छ ।

‘त्यो नेपाल र नेपालीको हित विपरीतको कुरा हुन्छ ।’ उनले भने, ‘नागरिकसँग भेटौं र पार्टीका सन्देश जनताबीचमा पुर्‍याऔं, नागरिकका कुरा सुन्न सकौं भनेर एमालेले पूर्वपश्चिम मध्यपहाडी लोकमार्ग अभियान चलाएको हो ।’

salt training

कमेन्ट गर्नुहोस्