
सरकारले अबदेखि लाभग्राहीको विवरण भर्दा राष्ट्रिय परिचय नम्बर अनिवार्य राख्नुपर्ने निर्णय गरेको छ ।
गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचय तथा पञ्जीकरण विभागले मंगलवार एक सूचना जारी गर्दै यस्तो निर्णय भएको जनाएको हो ।
सामाजिक सुरक्षा भत्ता वितरण प्रणालीलाई त्रुटीरहित बनाउन यस्तो निर्णय गरिएको सूचनामा जनाइएको छ ।
‘अब उप्रान्त नयाँ लाभग्राहीको रुपमा विवरण प्रविष्ट गर्दा राष्ट्रिय परिचय नम्बर अनिवार्य गराउन अनुरोध भएकोमा केही स्थानीय तहबाट राष्ट्रिय परिचय नम्बरको स्थानमा काल्पनिक १० अंक राखी नयाँ लाभग्राही विवरण प्रविष्ट गरिएको देखिएको छ,’ सूचनामा भनिएको छ, ‘सम्बन्धित लाभग्राहीको राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गरी प्राप्त भएको वास्तविक राष्ट्रिय परिचय नम्बर मात्रै प्रविष्ट गर्नुहुन निर्णयानुसार अनुरोध छ ।’
