३० असार २०८३, मंगलबार

राष्ट्रिय सुरक्षाका कारण पनि ग्राउण्ड ह्याण्डलिङ सेवा सरकारी स्वामित्वको संस्थाले पाउनु पर्छ : निगम

मंसिर २०, २०८०
काठमाडौं
राष्ट्रिय सुरक्षाका कारण पनि ग्राउण्ड ह्याण्डलिङ सेवा सरकारी स्वामित्वको संस्थाले पाउनु पर्छ : निगम
फाइल फोटो

नेपाल वायु सेवा निगमले राष्ट्रिय सुरक्षाका कारण पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ सेवा सरकारी स्वामित्वको संस्थानले नै पाउनु पर्ने बताएको छ ।

उपकरणमा गरिएको अरबौं रुपैयाँ लगानीको सुनिश्चितता र व्यावसायिक दक्षताका कारण ग्राउण्ड ह्याण्डलिङ आफैले पाउनु पर्ने निगमको भनाइ छ । 

निगम सञ्चालक समितिको बैठक तथा निगममा क्रियाशील चार वटै कर्मचारी ट्रेड युनियनसहितको निगम व्यवस्थापन समितिको बुधवारको बैठकले ग्राउण्ड ह्याण्डलिङ निगमले नै गर्न पाउनु पर्ने विषयमा सरकारको ध्यानाकर्षण गराएको हो । 

‘निगम कार्यकारी समितिको बैठक तथा निगममा क्रियाशील चारवटै कर्मचारी ट्रेड युनियनसहित निगम व्यवस्थापन समितिको मंगलवार बसेको बैठकबाट निगमले नै ग्राउण्ड ह्याण्डलिङ सेवा गर्नुपर्ने कुरामा एकताबद्ध रही दृढतापूर्वक उभिने निर्णय भएको छ’ निगमका प्रवक्ता रमेश पौडेलले विज्ञप्तिमार्फत भनेका छन्, ‘त्रिभुवन विमानस्थल जस्तो ठाउँमा राष्ट्रिय सुरक्षा समेतको लागि नेपाल सरकारको पूर्ण स्वामित्वमा सञ्चालित निगमले नै निर्वाध रुपमा ग्राउण्ड ह्याडलिङ सेवा सञ्चालन गर्न पाउनु पर्छ भन्ने सम्बन्धमा सम्बन्धित निकाय तथा नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयमा पहल गरी अनुरोध गर्ने निर्णय भएको छ ।’

निगमले स्थपना कालदेखि नै ग्राउण्ड ह्याण्डलिङ सेवा संचालन गर्दै आइरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्