×

NMB BANK
NIC ASIA

नेपालका भरतले निर्वाह गरे हलिउड अवार्डमा जुरीको भूमिका

काठमाडाैं | मंसिर २५, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

फिल्म सम्पादक भरतमणि रेग्मीले अमेरिकाको क्यालिफोर्नियास्थित लसएन्जल्समा गत नोभेम्बर २८ मा भएको ‘हलिउड प्रोफेसनल एसोसिएसन अवार्ड २०२३’मा जुरीको भूमिकामा काम गरेका छन् ।

Muktinath Bank

हलिउडको क्रियटिभ पोस्ट इन्डष्ट्रियल संस्था द हलिउड प्रोफेसनल एसोसिएन (एचपिए) ले हरेक वर्ष आयोजना गर्ने यो अवार्ड यस वर्ष लसएन्जल्सको उत्तरी हलिउडको द टेलिभिजन एकेडेमी वल्फ थिएटरमा सम्पन्न भएको थियो । जहाँ भरतमणिले सम्पादन विधामा निर्णायकको भूमिका निर्वाह गरेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वार्षिक रूपमा आयोजना हुने यो प्रतिष्ठित अवार्डमा थिएट्रिकल र नन थिएट्रिकल अन्तर्गत विशेषतः प्राविधिक विधामा अवार्ड प्रदान गरिन्छ । जसमा कलर ग्रेडिङ, सम्पादन, ध्वनि, भिजुअल इफेक्टहरू पर्छन् र हरेक वर्ष उच्च श्रेणीका क्रियटिभ प्राविधिकहरूलाई अवार्ड दिइन्छ । भरत नन थिएट्रिकल फिचर र डकुमेन्ट्री अन्तर्गतको आउस्टेण्डिङ इडिटिङ विधाको जुरी थिए । 


Advertisment
Nabil box
Kumari

यस वर्ष पनि हलिउडबाट निर्माण हुने फिचर फिल्मका साथै नेटफिलिक्स, एचबिव, एपल टिभि प्लस, म्याक्स टीभीलगायतका थिएट्रिकल र नन थिएट्रिकल फिल्म, टेलिभिजन शो, वृत्तचित्र, सिरिजहरुका क्रियटिभ प्राविधिकहरूलाई अवार्ड दिइयो । 

Vianet communication
Laxmi Bank

यस वर्ष ‘उत्कृष्ट सम्पादन डकुमेन्ट्री’ अन्तर्गत डकुमेन्ट्री ‘मोनाग डेड्रिम’ का लागि निर्देशक तथा सम्पादक ‘ब्रेट मोर्गन’ ले अवार्ड पाए । ‘उत्कृष्ट सम्पादन नन–थिएट्रिकल अन्डर ३० मिनेट अन्तर्गत डार्क कमेडी क्राईम टेलिभिजन सेरिज ‘बैरी – अ नाईस मिल’बाट सम्पादक अलि ग्रीरले अवार्ड पाए । 

‘उत्कृष्ट सम्पादन नन–थिएट्रिकल ओभर ३० मिनेट अन्तर्गत ‘द ह्वाइट लोटस–एरिभेडेरिक’बाट सम्पादक जोन एम. भ्यालेरियोले अवार्ड पाए । थिएट्रिकलतर्फ रङ ग्रेडिङ विधामा ‘ओपेनहाइमर’ फिल्मका लागि फोटोकेम पोष्ट प्रोडक्सन हाउसका कलरिष्ट कोस्टास थिओडोसियो र क्रिस्टन जिम्मरम्यानले अवार्ड पाए भने फिल्म सम्पादनमा सम्पादक जेनिफर लेमले अवार्ड पाए । 

भिजुअल इफेक्टमा फिल्म ‘अवतारः द वे अफ वाटर’बाट ‘सर्वोत्कृष्ट भिजुअल इफेक्ट’ श्रेणीमा भिजुअल इफेक्ट आर्टिष्टहरू क्रिस एजेन, निक एपस्टेन, वेन स्टेबल्स, पवानी राव बोड्डापति, वेटा एफएक्सका र सर्गेई नेभ्सुपोभले अवार्ड पाए । ‘उत्कृष्ट कलर ग्रेडिङ’का लागि ‘स्पाइडर–म्यानः एक्रोस द स्पाइडर–भर्स’बाट पिक्चर शप पोस्ट प्रोडक्सन कम्पनीका कलरिष्ट नताशा लियोनेट, ‘हाउस अफ द ड्रयागन’बाट सोनी पिक्चर्स इन्टरटेनमेन्टको पोस्ट प्रोडक्सन कम्पनी पिक्सोमोन्डो र ‘द गडफादर’ बाट प्यारामाउन्ट पिक्चर्सले अवार्ड पाए । 

अवार्ड आयोजकसँग अमेरिकन सिनेमा एडिटर्स, अमेरिकन सोसाइटी अफ सिनेमाटोग्राफर्स र सिनेमा अडियो सोसाइटीले सहकार्य गरेका थिए । भरतका अनुसार आयोजकले उनलाई जुरीका लागि सम्पर्क गरेका थिए । ‘मेरो प्रोजेक्ट, डकुमेन्टेसन सेलेक्सनपछि यो अवसर पाएँ । हामी जुरीले सहभागी सबै फिल्म हेरेर रिभ्युको सबै प्रक्रिया पुरा गरेर पठाएका थियौँ । जुरीहरुको सबै रिभ्यु संकलनपश्चात् आयोजकले अवार्ड प्रदान गरेका थिए’, भरतले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x