
नेकपा (एमाले)को मध्यपहाडी सङ्कल्प यात्रा भोजपुर पुगेको छ । कुनै बेला माँझ किरातको रुपमा परिचित भोजपुर आइपुग्दा पार्टी अध्यक्ष केपी शर्मा ओली किराती भेषमा देखिए ।
मंसिर १४ गते सुदूरपश्चिमको बैतडीबाट शुरू भएको प्रमुख प्रतिपक्षी दल एमालेको झुलाघाट–चिवा भञ्ज्याङ्ग सङ्कल्प यात्रा बुधवार भोजपुर पुगेको होे ।
यात्रामा रहेका अध्यक्ष ओली सहितको टोलीलाई भोजपुरको चखेवामा स्वागत गरिएको छ । किराती पहिरन लगाएका ओलीलाई स्थानीयले ढोल–झ्याम्टासहित बाजागाजाले स्वागत गरेका छन् ।
स्वागत गर्न आएकाहरू पनि आफ्ना जातीय पहिरनमा सजिएका छन् ।