३१ असार २०८३, बुधबार

रवि लामिछाने र बेलायतका लागि नेपाली राजदूतबीच भेट

मंसिर २७, २०८०
काठमाडौं
रवि लामिछाने र बेलायतका लागि नेपाली राजदूतबीच भेट

रास्वपाका सभापति रवि लामिछाने र बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यबीच भेटवार्ता भएको छ । 

बेलायतस्थित नेपाली राजदूताबासमा बुधबार भेटवार्ता भएको हो ।  उनीहरुबीच ब्रिटिस गोर्खा सैनिकका मुद्दा र कुटनीतिक पहल, नेपाल र बेलायतबीचको व्यापार तथा पर्यटन प्रवद्र्धनलगायतका विषयमा कुराकानी भएको थियो । 

यस्तै त्यहाँ रहेका नेपाली विद्यार्थीका समस्याबारे पनि छलफल भएको लामिछानेको सचिवालयले जनाएको छ । 
सो क्रममा राजदूत आचार्यले दूतावासले दिँदै आएका सेवा र सुधारका प्रयासबारे सभापति लामिछानेलाई अवगत गराएका थिए । 
लामिछाने पार्टीको कार्यक्रमका लागि केही दिनअघि बेलायत पुगेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्