
सरकारले नेपाली सेनाका उपरथी अशोकराज सिग्देललाई रथीमा बढुवा गरेको छ ।
बिहीवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सिग्देललाई रथीमा बढुवा गरेको सरकारकी प्रवक्तासमेत रहेकी सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
यसअघिको मन्त्रिपरिषद् बैठकमा सिग्देल बढुवाको फाइल सदर भएको थियो । तर उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का विदेश भ्रमणमा रहेकाले बढुवा सदर हुन पाएको थिएन ।
यस्तै मन्त्रिपरिषद् बैठकले सहसचिव सेवा लम्साललाई पनि सचिवमा बढुवा गरेको छ ।