०३ असार २०८३, बुधबार

दीपिका भइन् एसियाकी सबभन्दा सेक्सी महिला

कात्तिक २०, २०७४
दीपिका भइन् एसियाकी सबभन्दा सेक्सी महिला
काठमाडौं, २४ मंसिर — बलिउड अभिनेत्री दीपिका पादुकोणलाई सन् २०१६ को एसियाकी सबभन्दा सेक्सी महिलाका रूपमा छनोट गरिएको छ ।


बेलायतको ईस्टर्न आई पत्रिकाले वर्षैपिच्छे निकाल्ने सूचीमा दीपिका पहिलोपल्ट परेकी हुन् । दीपिकाका अलावा सय अन्य आकर्षक युवतीहरूलाई सूचीकृत गरिएको छ ।

यस लिस्टमा टिभी अभिनेत्री निया शर्मा, दृष्टि धामी, सनाया इरानी लगायतका महिला परेका छन् ।

विगत चार वर्षदेखि प्रियंका यसमा सूचीबद्ध थिइन् । तर दीपिकाले अहिले उनलाई सूचीको पहिलो स्थानबाट विस्थापित गरेकी छिन् ।

यो उपाधि जितेपछि दीपिकाले भनिन्, ‘म यो खबर सुनेर खुशी छु । सेक्सी हुनु भनेको शारीरिक बनावट राम्रो हुनु मात्र होइन । निर्दोषिता र कोमलता पनि सेक्सीपना हो ।’

लिस्ट
दीपिका पादुकोण
प्रियंका चोपड़ा
निशा शर्मा
दृष्टि धामी
आलिया भट्ट
सनाया ईरानी
कैटरीना कैफ
सोनम कपूर
माहिरा खान
गौहर खान


salt training

कमेन्ट गर्नुहोस्