
नेकपा (एमाले)को मध्यपहाडी यात्रा शनिवार पाँचथर पुगेको छ ।
सदरमुकाम फिदिममा आयोजित कार्यक्रमलाई शनिवार दिउँसो अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सम्बोधन गरिरहेका छन् ।
आफ्नो जन्मजिल्ला तेह्रथुमका बासिन्दासँग प्रत्यक्ष भेटघाट गरी उनी फिदिम आइपुगेका हुन् ।
बैतडीको झुलाघाटबाट थालनी भएको १९ दिने सङ्कल्प यात्राका क्रममा ओली बिहीवार जन्मजिल्ला थेह्रथुम पुगेका थिए ।
एमालेको संकल्प यात्रा आइतवार पाँचथरको चिवाभन्ज्याङ पुगेर टुंगिने छ ।