२७ जेठ २०८३, बुधबार

साँढेको सालिक स्थानीयले भत्काइदिए

मंसिर ३०, २०८०
पर्सा
साँढेको सालिक स्थानीयले भत्काइदिए

वीरगन्ज महानगरपालिकाले परवानीपुर चोकमा राखेको साँढेको सालिक स्थानीयले भत्काइदिएका छन् । 

सौन्दर्यकरणका लागि भन्दै महानगरले राखेको शालिक असन्तुष्ट स्थानीयले शनिबार भत्काएका हुन् । 

वीरगन्ज महानगरले सहर सौन्दर्यकरणका लागि भन्दै मुख्य सडक र चोकमा बाघ, जिराफ, हरिण र साँढेको सालिक राखेको छ । 

तर, विगतदेखि नै हनुमान चोकको रुपमा परिचित रहेको परवानीपुर चोकमा साँढेको सालिक राखेदेखि केही स्थानीयले विरोध गर्दै आएका थिए । 

करिब तीन साता अगाडि महानगरले परवानीपुर चोकमा साँढेको सालिक राखेपछि स्थानीयले हटाउन महानगरका मेयरलाई ज्ञापनपत्र समेत बुझाएका थिए ।
सालिक भत्काएको आरोपमा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्