
दोलखाबाट आएको एम्बुलेन्स कोटेश्वरमा कारसँग ठोक्किएर शनिवार दुर्घटना भएको छ ।
कालिन्चोक गाउँपालिका– २ बाबरेमा सञ्चालित प्रदेश–३–०१–०२३ च ४७०५ नम्बरको एम्बुलेन्स कोटेश्वरमा कारसँग ठोक्किएर दुर्घटना भएको हो ।
दोलखाबाट बिरामी बाकेर काठमाडौं आएको गजेन्द्र स्मृति फाउन्डेसनबाट सञ्चालित उक्त एम्बुलेन्स विपरीत दिशाबाट आएको कारसँग एम्बुलेन्स ठोक्किएको ट्राफिक प्रहरी प्रभाग, कोटेश्वरले जनाएको छ ।
दुर्घटनाबाट एम्बुलेन्सको अगाडिको भाग क्षतिग्रस्त बनेको छ । तर कुनै मानवीय क्षति भएको छैन । ठक्करपछि कारचालक फरार भएको बताइएको छ ।