३० जेठ २०८३, शनिबार

चिकित्सकको लाइसेन्स परीक्षाका लागि दरखास्त आह्वान, परीक्षा माघमा

पुस १, २०८०
काठमाडौं
चिकित्सकको लाइसेन्स परीक्षाका लागि दरखास्त आह्वान, परीक्षा माघमा

 नेपाल मेडिकल काउन्सिलको चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा (लाइसेन्स परीक्षा) माघ  १७  देखि  १९  गतेसम्म हुने भएको छ । 

लाइसेन्स परीक्षामा सहभागी हुन पुस २ गतेदेखि अनलाइन आवेदन  फाराम  खुला  काउन्सिलले आइतबार जारी गरेको सूचनामा उल्लेख छ । 

काउन्सिलको वेबसाइट मा  दिइएको  निर्देशन बमोजिम अनलाइन आवेदन फाराम भरी बुझाउनहुन सूचनामा सम्बन्धित सबैमा अनुरोध गरिएको छ । 

पुस २ देखि माघ २ गतेसम्म नियमित तथा माघ ३ र ४ गते विलम्ब शुल्क  सहित  फाराम  बुझाउन  सकिने  व्यवस्था  गरिएको  सूचनामा उल्लेख छ।  अनलाइन  आवेदन फाराम भर्ने र बुझाउने व्यवस्था चौबीसै घण्टा खुला हुने जनाइएको छ । यस्तै परीक्षा सञ्चालन इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक ललितपुरमा कम्प्युटर प्रविधिबाट हुनेछ । 
 

salt training

कमेन्ट गर्नुहोस्