१० साउन २०८३, आइतबार

एनआईसी एशिया बैंक र अल-अन्सारी एक्सचेन्जबीच सम्झौता, यूएईबाट पैसा पठाउन सहज

पुस २, २०८०
काठमाडौं
एनआईसी एशिया बैंक र अल-अन्सारी एक्सचेन्जबीच सम्झौता, यूएईबाट पैसा पठाउन सहज

एनआईसी एशिया बैंक र अल–अन्सारी एक्सचेन्जबीच रणनीतिक साझेदारी भएको छ।​​

साझेदारीसँगै संयुक्त अरब इमिरेट्स (यूएई)बाट नेपालमा सजिलै रकम पठाउन सकिने भएको छ ।

समझदारीअनुसार अल–अन्सारी एक्सचेन्जका दुई सय ५० भन्दा बढी शाखा कार्यालय तथा डिजिटल च्यानल (वेबसाइट तथा मोबाइल एप)बाट नेपालमा सहजरुपमा रकम पठाउन सकिने बैंकले जनाएको छ ।​

साझेदारी कार्यान्वयनमा आएपश्चात् अल–अन्सारी एक्सचेन्जबाट एनआईसी एशिया बैंकका साथै नेपालका जुनसुकै बैंक खाता तथा वालेटमा तुरुन्त रकम पठाउन सकिनेछ।​

भौतिकरुपमा यूएईभर तथा वेबसाइट र मोबाइल एपबाट डिजिटलरुपमा दरिलो उपस्थिति रहेको अल–अन्सारी एक्सचेन्जबाट पठाइएको रकम एनआईसी एशियाका तीन सय ६० शाखा कार्यालय, एक सय ११ विस्तारित काउन्टर, ५५ शाखारहित बैंकिङ इकाइ र १६ हजारभन्दा बढी रेमिटेन्स एजेन्टहरूमार्फत सहजै भुक्तानी लिन सकिनेछ।

साथै, एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एप भित्र रहेको ‘रेमिट्यान्स’ आइकनमा ट्याप गरेर ‘रिसिभ रेमिट’भित्र आफूलाई प्राप्त रकम र युनिक पिन विवरण राखेपश्चात् रकम खातामा स्थानान्तरण गरी रेमिट्यान्स रकम सहजै बुझ्न सकिने बैंकले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्