
त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले ४९औं दीक्षान्त समारोहमा धेरै विद्यार्थी सहभागी गराएर कीर्तिमान बनाएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सोमवार भएको समारोहमा त्रिविले आज १५ हजारभन्दा बढी विद्यार्थी सहभागी गराएर कीर्तिमान बनाएको हो । एकैपटक ७५ हजारभन्दा धेरै विद्यार्थीले प्रमाणपत्र लिएका त्रिविको दाबी छ ।
सबैभन्दा धेरै विद्यार्थी सहभागी गराएर कीर्तिमान कामय गरेकोमा अफिसियल वर्ल्ड रेकर्ड–ओडब्लुआरले त्रिविलाई प्रमाणपत्र प्रदान गरेको छ ।
प्रमाण पत्र ग्रहण गर्दै त्रिविका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुशी व्यक्त गरे ।