१४ असार २०८३, आइतबार

यूएईबाटै नेपालमा साढे २ करोड ठगी, इन्टरपोलको सहयोगमा पक्राउ गरेर नेपाल ल्याइयो

पुस २, २०८०
काठमाडौं
यूएईबाटै नेपालमा साढे २ करोड ठगी, इन्टरपोलको सहयोगमा पक्राउ गरेर नेपाल ल्याइयो

संयुक्त अरब इमिरेट्स (यूएई) पठाउने भन्दै साढे २ करोडभन्दा धेरै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौंकाे कागेश्वरी मनहरा नगरपालिका ७ का कोमलराज उपाध्यय छन् । उनलाई इन्टरपोलको सहयोगमा मंसिर २९ गते दुबईबाट पक्राउ गरी नेपाल ल्याइएको हाो ।

उनले दुबई शहरमा काम लगाइदिने भन्दै ८३ जनाबाट २ करोड ६३ लाख ५४ हजार रुपैयाँ ठगी गरेका केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जनाएको छ ।

सीआईबीका अनुसार उनलाई दुबईको खालिद बिन अल वालिद रोडबाट पक्राउ गरिएको हो ।

उनले त्यहाँ त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्सी सञ्चालन गर्दै आएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्