२२ असार २०८३, सोमबार

कंगना रनावत र आदित्य पञ्चोलीबीच कानूनी लडाईं, कारण यस्तो

कात्तिक २०, २०७४
कंगना रनावत र आदित्य पञ्चोलीबीच कानूनी लडाईं, कारण यस्तो

काठमाडौं, १५ असोज — बलिउड अभिनेत्री कंगना रनावत र अभिनेता आदित्य पञ्चोलीबीच कानूनी लडाईं शुरु भएको छ ।


अपमानजनक टिप्पणीका विषयमा यो लडाईं चलिरहेको हो । कंगनाले एक टीभी च्यानलमा अन्तर्वार्ता दिँदै आदित्य पञ्चोलीविरुद्ध केही आरोप लगाएकी थिइन् ।

त्यसपछि आदित्यले मानहानिको नोटिस पठाएका थिए । यसको जवाफ कंगनाका वकिल रिजवान सिद्दीकीले दिएका छन् ।

कंगनाले आदित्यसँगको आफ्नो सम्बन्ध र उनका कारण भोग्नुपरेको शारीरिक र मानसिक पीडाका बारेमा अन्तर्वार्तामा खुलासा गरेका थिए ।

सिद्दीकीले जवाफमा लेखे, ‘मेरो पक्षले आफूमाथि गरिएको अपराधका विषयमा सन् २००७ देखि नै विभिन्न सञ्चारमाध्यममा कुरा राख्दै आएकी छन् । उनले स्पष्ट रूपमा निजी जिन्दगीका बारेमा बोल्दै आएकी हुन् । कुनै पीडित महिलालाई मानहानिको मुद्दा हालेर उनको आवाज बन्द गराउने कोशिश गर्दा पुरुषलाई नै लाभ हुन्छ ।’

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्