२९ असार २०८३, सोमबार

एनएसएल: पहिलो क्वालिफायर्समा आज पोखरा र धनगढी भिड्दै

पुस ९, २०८०
काठमाडौं
एनएसएल: पहिलो क्वालिफायर्समा आज पोखरा र धनगढी भिड्दै

नेपाल सुपर लिग (एनएसएल) दोस्रो संस्करणको पहिलो क्वालिफायर्समा आज (सोमबार) पोखरा थन्डर्स र धनगढी एफसीबीच प्रतिस्पर्धा हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे हुने खेलमा दुवै टोलीको लक्ष्य फाइनल रहेको छ । 

आज पराजित हुने टोलीले फाइनल प्रवेशको लागि थप एक मौका पाउनेछ । दोस्रो क्वालिफायर्समा इलिमिनेटर विजेता काठमाडौं रेजर्स र ललितपुर सिटीमध्ये एकसँग खेल्नेछ ।

पोखरा तालिकाको शीर्ष स्थानमा रहेर प्लेअफमा स्थान बनाउँदा धनगढी दोस्रो रह्यो ।

पोखराका मुख्य प्रशिक्षक नवीन न्यौपाने र धनगढीका मुख्य प्रशिक्षक युगल किशोर राई दुवैले यो क्वालिफायर महत्वपूर्ण र प्रतिस्पर्धात्मक खेल हुने बताएका छन् ।

लिग चरणमा पोखरा र धनगढीबीचको भेट १–१ गोलको बराबरीमा समाप्त भएको थियो । पहिलो संस्करणको भेटमा धनगढीले १–० ले विजयी भएको थियो । 


 

salt training

कमेन्ट गर्नुहोस्