
ठगी तथा संगठित अपराधमा इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका एक जना कतारबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धनुषाको औरही गाउँपालिका–५ का ४४ वर्षीय रजिन्द्र पासमान छन् । एनसीबी दोहा, कतारको समन्वयमा कतारबाट पक्राउ परेका उनलाई सोमवार नेपाल फिर्ता ल्याइएको हो ।
प्रहरीका अनुसार पासमान लगायत अन्य व्यक्तिहरूले पीडितको माछापुच्छ्रे बैंकको खातामा रहेको ९ लाख रुपैयाँ अनधिकृत रुपमा ट्रान्सफर गरी विभिन्न बैंकहरूको एटीएम कार्डमार्फत निकालेर प्रयोग गरेका थिए ।
अनुसन्धानको क्रममा उनी वैदेशिक रोजगारीका लागि कतारमा रहेको पाइएको थियो । त्यसपछि इन्टरपोलबाट उनीविरुद्ध रेड नोटिस जारी भएको थियो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।