२९ असार २०८३, सोमबार

कङ्गोमा पहिरोः कम्तीमा २० जनाको मृत्यु

पुस १०, २०८०
काठमाडौं
कङ्गोमा पहिरोः कम्तीमा २० जनाको मृत्यु

किन्सासा–पूर्वी प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी)को दक्षिण किभु प्रान्तमा आइतवार भारी वर्षाका कारण आएको पहिरोमा परी कम्तीमा २० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले सोमबार स्थानीयलाई उद्धृत गर्दै जानकारी दिएका छन् ।

स्थानीय नागरिक समाजका संयोजक प्रोमेस्से माजाम्बीका अनुसार म्वेन्गाको इलाकाको कालिङ्गी गाउँमा कम्तीमा २० जनाको मृत्यु भएको  छ ।

दक्षिण किभु प्रान्तको कालेहे क्षेत्रमा भारी वर्षाका कारण बाढीबाट प्रभावित क्षेत्रमा ४३८  वटा शव फेला परेका थिए।  यसै बीच स्थानीय अधिकारीहरूले  प्राकृतिक विपत्तिबाट ५ हजार भन्दा बढी व्यक्ति बेपत्ता भएको अनुमान गरेका छन् ।

सेप्टेम्बरदेखि मे महिना सम्म चल्ने वर्षाको मौसममा  कङ्गोमा विनाशकारी बाढी र पहिरोका घटना सामान्य हुने गर्छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्