×

NMB BANK
NIC ASIA

सङ्घीयताबिना देश अगाडि बढ्न सक्दैन : अग्नि सापकोटा

कञ्चनपुर | पुस ११, २०८०

NTC
Premier Steels

नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं पूर्वसभामुख अग्नि सापकोटाले सङ्घीयताबिना देश अगाडि बढ्न नसक्ने बताएका छन् । कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ सिंहपुरबमा आज आयोजित प्रेस सेन्टर नेपाल सुदूरपश्चिम प्रदेश समितिको साधारणसभा तथा मिडिया सम्मेलनमा उनले सङ्घीय सरकारले सङ्घीयताको मर्मअनुसार कार्य गर्नुपर्ने बताए । 
 सङ्घीयताबारे भ्रम फैलाएर बदनाम गर्न खोजिएको उल्लेख गर्दै उपाध्यक्ष सापकोटाले जनताको अपेक्षाअनुसार अगाडि बढ्नुको विकल्प नरहेको बताए । “जहिले पनि पार्टी नेपाली राजनीतिको केन्द्रविन्दुमा रहेको छ”, उनले भने, “बत्तीस सिटमा पार्टी खुम्चिनुका कारण वर्गीय धरातल छोड्दा नै हो, पार्टी नेता दलाल, माफियाको घेराबन्दीमा पर्दा जनसङ्घर्षका सहिद परिवार, अपाङ्गता भएका व्यक्ति र घाइतेलाई बिर्सियौँ ।”
 
अहिलेको आवश्यकता सामाजिक, राजनीतिक, वैचारिक, सांस्कृतिक सङ्गठन गठन पर्नुरहेको नेता सापकोटाले बताए । “विसं २०६७ मा अग्रगामी छलाङमार्फत पार्टीले राजनीतिक विष्लेषण गर्‍यो”, उनले भने, “त्यसपछि पार्टीमा कुनै पनि राजनीतिक विष्लेषण भएको छैन, विचारको विकास भएन भने शून्यता हुन्छ, वैचारिक संलेष्ण छोड्दा पछाडि पर्‍यौँ ।” परिस्थितिजस्तो छ त्यसकै बीचबाट पार्टीलाई अगाडि बढाइनुपर्ने पूर्वसभामुख सापकोटाले बताए । 
 
विचार र विधिको विकास गरे पार्टीलाई पहिलेजस्तै अगाडि लैजान सकिने उनको भनाइ थियो । “पर्ख र हेरको नीतिले अब काम गर्दैन, विज्ञान र दर्शनको विकास गर्नुपर्छ”, उनले भने, “सबै कुरामा आत्मनिर्भर हुनु जरुरी छ ।” संविधानमा समाजवाद शब्द राखिए पनि त्यसको व्याख्या गर्न बाँकी रहेको उनले बताए । सामाजिक न्यायसहितको समाजवाद पार्टीभित्रबाटै लागू गर्नुपर्ने उनले उल्लेख गरे । आधुनिक समाजवादभित्र कृषि, उद्योग, विज्ञान, प्रविधि र राष्ट्रिय सुरक्षाको प्रश्न अहम् रहेको उनले बताए । 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x