२२ असार २०८३, सोमबार

भाडामा राखेको पानीमा डुबेर बालिकाको मृत्यु

पुस १२, २०८०
विराटनगर
भाडामा राखेको पानीमा डुबेर बालिकाको मृत्यु
प्रतिकात्मक तस्वीर

मोरङको जहदा गाउँपालिका-३ भातिगन्जमा पानीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । जहदा-३ का फुदन हस्दाको १ वर्षीया छोरी कृतिको आज बिहान भरेर राखेको पानीमा डुबेर मृत्यु भएको हो ।

बालिका खेल्ने क्रममा सिल्भरको भाडामा राखेको पानीमा डुबेर मृत्यु भएको मोरङ प्रहरीका डीएसपी  रन्जन कुमार दाहालले जानकारी दिए । ‘पानीमा बालिका डुबेको देखेपछि बच्चाकी आमा अजिताले कोशी अस्पतालमा लिएर आएकी रहिछिन,’ दाहालले भने, ‘हस्पिटल ल्याउँदा चिकित्सकले मृत्य घोषणा गरेछन् ।’ 

मृतक बालिकाको शव पोस्माटमका लागि कोशी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्