११ साउन २०८३, सोमबार

मेयर साम्पाङले राष्ट्रपति र प्रधामन्त्रीका तस्वीर हटाएकोबारे उपमेयरको प्रतिक्रिया– उहाँले गलत गर्नुभयो

पुस १२, २०८०
विराटनगर
मेयर साम्पाङले राष्ट्रपति र प्रधामन्त्रीका तस्वीर हटाएकोबारे उपमेयरको प्रतिक्रिया– उहाँले गलत गर्नुभयो

धरान उपमहानगरपालिकाका उपप्रमुख (उपमेयर) अइन्द्रविक्रम बेघाले प्रमुख (मेयर) हर्क साम्पाङले कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीका तस्वीर हटाएर गलत गरेका प्रतिक्रिया दिएका छन् । 

बिहीवार लोकान्तरसँग कुरा गर्दै उनले मेयर साम्पाङले संविधानले तय गरेको मर्यादालाई पालना गर्नुपर्ने बताए ।

‘हामी सबै व्यवस्था र संविधानप्रति उत्तरदायी र जिम्मेवार बन्नुपर्छ,’ उनले भने, ‘संविधानले तय गरेको मर्यादालाई उहाँले पनि पालना गर्नुपर्ने होजस्तो मलाई लाग्छ ।’

null

उपमेयर बेघाले आफ्नो कार्यकक्षमा राष्ट्रपति रामचन्द्र पौडेर र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दुवैको तस्वीर रहेको पनि उनले जानकारी दिए ।  । ‘यसर्थ, मलाई मेयर साम्पाङले  राष्ट्रपति र प्रधानमन्त्रीका तस्वीर  हटाउनु भएको भन्ने विश्वास नै लागिरहेको छैन । तर विभिन्न माध्यमले थाहा पाएँ यो सही समाचार रहेछ ।’

मेयर साम्पाङले बिहीवार मात्रै आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर हटाएर किरातकालका प्रथम राजा मानिएका यलम्बरको तस्वीर राखेका छन् । यसलाई लिएर सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया आइरहेका छन् ।

null  

संघीय सरकारले धरानलाई महत्त्व नदिएको गुनासोस्वरुप आफूले मेयर साम्पाङले राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डको तस्वीर कार्यकक्षबाट हटाएको बताएका छन् ।

मेयर साम्पाङले धरानमा विमानस्थलको बनाउने अडान राखेका थिए । तर यसलाई केन्द्र सरकारले अस्वीकार गरेको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्