०२ साउन २०८३, शनिबार

सर्‍यो कांग्रेसको कार्यसम्पादन समितिको बैठक

पुस २१, २०८०
काठमाडौं
सर्‍यो कांग्रेसको कार्यसम्पादन समितिको बैठक
फाइल फोटो

नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक सरेको छ ।​​​

राष्ट्रियसभाको सदस्य निर्वाचनका लागि उम्मेदवार तय गर्न आज दिउँसो १ बजेलाई तोकिएको बैठक आइतवारलाई सारिएको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

‘नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०८० पौष २१ गते शनिबार दिउँसो १ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बस्ने भनिएकोमा विशेष कारणवश भोलि पौष २२ गते दिउँसो १ः०० बजे बस्ने भएको छ’, पौडेलले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ ।’ 

पुस २३ गते राष्ट्रिय सभा सदस्यको निर्वाचनको लागि उम्मेदवारी दर्ता हुँदैछ ।

१९ सदस्यको लागि आगामी माघ ११ गते निर्वाचन हुँदैछ ।

salt training

कमेन्ट गर्नुहोस्