३१ असार २०८३, बुधबार

एकीकृत समाजवादीले ३ नेतालाई दियो राष्ट्रियसभा उम्मेदवार छान्ने जिम्मा

पुस २१, २०८०
काठमाडौं
एकीकृत समाजवादीले ३ नेतालाई दियो राष्ट्रियसभा उम्मेदवार छान्ने जिम्मा
फाइल फोटो

नेकपा एकीकृत समाजवादीले राष्ट्रियसभाका उम्मेदवार छान्ने जिम्मा अध्यक्षसहित तीन नेतालाई दिएको छ ।​​

शनिवार बसेको सचिवालय बैठकले राष्ट्रियसभा सदस्यको उम्मेदवार टुंग्याउने जिम्मा अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुसाललाई दिएको जानकारी प्रवक्ता जगन्नाथ खतिवडाले दिए । 

बैठकले प्रमुख प्रतिपक्षी दल एमाले सत्तारुढ दलसँग भागबन्डा गर्न खोजेको विषयमा असहमति जनाएको छ । 

प्रतिपक्षी दलले सत्तासँग भागबन्डा खोज्नु उचित नभएको खतिवडाले बताए । 

नेकपा एकीकृत समाजवादीकै अध्यक्ष नेपालले एमालेलाई राष्ट्रिय सभामा दिन खोजेको भागबण्डाप्रति असहमति जनाएका छन् । 

नेपालसहित गठबन्धन दलभित्रै विरोध भएपछि सत्ता गठबन्धनले एमालेलाई सिट नदिने निर्णय शनिबार बिहान गरेका थिए । 

सत्ता गठबन्धनमा नेकपा एसले १९ मध्ये ४ सिट पाउनुपर्ने माग गरेको छ । गठबन्धनले उसलाई २/३ सिट दिने तयारी गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्