१४ असार २०८३, आइतबार

स्रोत नखुलेको ५ लाख भारतीय रूपैयाँसहित एक जना पक्राउ

पुस २१, २०८०
काठमाडौं
स्रोत नखुलेको ५ लाख भारतीय रूपैयाँसहित एक जना पक्राउ

सप्तरीको राजगढ गाउँपालिका-२ झौरा चोकबाट स्रोत नखुलेको ५ लाख २९ हजार ९ सय ७० भारतीय रूपैयाँसहित भारत भरफोर ग्राम पन्चायत सुब्बा टोल मधुवनी-३ बस्ने २५ वर्षीय संजय कुमारलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले बिआर ५० बि १५४२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलको डिक्कीमा लुकाई राखेको उक्त भारतीय रूपैयाँ फेला पारी चालक कुमारलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्